पोखरामा अलपत्र परेका यात्रुलाई प्रहरी स्कर्टिङमा काठमाडौं र चितवन पठाइँदै 

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

Passengers stranded in Pokhara are being sent to Kathmandu and Chitwan on police escorts

कास्की — पोखरामा अलपत्र परेका यात्रुलाई गन्तव्यसम्म पुर्‍याउनका लागि प्रहरी स्कर्टिङको व्यवस्था गरिएको छ ।  सार्वजनिक यातायात बचाउ संघर्ष समिति गण्डकी प्रदेशले जेठ १६ गते देखि गण्डकी प्रदेशमा सार्वजनिक यातायात बन्द गरेपछि पोखरामा अलपत्र परेका यात्रुलाई जेठ १८ गते आइतबार बिहान १० बजेदेखि २५ वटा पर्यटक बसमा स्कर्टिङ गरेर गन्तव्यमा पुर्‍याउन  लागिएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्की र नेपाल प्रहरीको संयुक्त टोलीले पोखराबाट जिल्लाको सीमाना कोत्रेसम्म स्कर्टिङ गर्ने छ भने त्यहाँबाट नं. २३ मनकामना गण तनहुँले स्थानिय नेपाल प्रहरीसहित स्कर्टिङ गरी मुग्लिनसम्म ल्याउनेछन् ।

गण्डकी प्रदेश र बागमती प्रदेशको सीमानाकासम्म स्कर्टिङ गरी यात्रुलाई सुरक्षित रूपमा गन्तव्य स्थानसम्म पुर्‍याइने सशस्त्र प्रहरी नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । २५ वटा बस चितवन र काठमाडौंका लागि छुटेका हुन् ।

कान्तिपुर

Link copied successfully