अब रकेटको चालमा विकास गर्छौं : प्रधानमन्त्री ओली

जेष्ठ १८, २०८२

कान्तिपुर संवाददाता

Now we will develop like a rocket: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अब सरकारले रकेटको गतिमा विकास गर्ने बताएका छन् । आइतबार जनकपुरमा मधेश प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको ‘एक निर्वाचन क्षेत्र एक सडक’को शिलान्याश गर्दै प्रधानमन्त्री ओलीले विकास निर्माणका आयोजनामा भइरहेको ढिलासुस्ती भ्रष्टाचारभन्दा ठूलो अपराध भएको टिप्पणी गरेका हुन् । 

प्रविधि र एआईको युगमा बामे सरेको चालले नभई रकेटको चालमा विकास गर्नुपर्ने पनि उनले बताए । भ्रष्टाचार र ढिलासुस्ती नियन्त्रणमा पनि सरकारले ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ' यो जमाना प्रविधि र एआईको जमना हो । यस युगमा हामीले  बामे सरेको चालले होइन रकेट चालले अब विकास गर्नुपर्छ । बामे सरेर हुँदैन ।  त्यस कुरामा सरकारको ध्यान गएको छ ।'

मधेश प्रदेशमा निर्माणाधफन क्रिकेट रंगशाला सम्पन्न गर्नसमेत सरकारले योजना बनाइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

कान्तिपुर

Link copied successfully