काठमाडौँ — महेन्द्र राजमार्गअन्तर्गत दुम्किबासस्थित विनयी खोलाको डाइभर्सनमा सवारी एकतर्फी मात्र सञ्चालन हुँदा दाउन्ने बजारदेखि अरुण खोलासम्म १० किलोमिटर लामो जाम भएको छ ।
गत बिहीबार बाढीले बगाएको विनयी खोलाको डाइभर्सन पुनर्निर्माण गर्दा हाल सवारीसाधनलाई एकतर्फी पालैपालो पठाउनुपरेको कारण पाँच घण्टादेखि लामो जाम भएको प्रहरीले जनाएको छ ।
