संसद्‌को अवरोध खुलाउने विषयमा सभामुखले बोलाए सचेतकहरूको बैठक

जेष्ठ १६, २०८२

कान्तिपुर संवाददाता

The Speaker called a meeting of the whistleblowers on the issue of opening the obstruction of the Parliament

काठमाडौँ — सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद् अवरुद्ध पार्ने भएपछि सभामुख घिमिरले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि प्रमुख दलका प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाएका हुन्।

सदनको अवरोध हटाउने, बजेटमाथिको छलफलको समय निर्धारण गर्ने र आगामी क्यालेन्डरका विषयमा समेत तयारी गर्ने गरी छलफल बोलाइएको हो।

सभामुखको सचिवालयका अनुसार शुक्रबार बिहान ११ बजे प्रमुख सचेतक र सचेतकहरूलाई छलफलका लागि बोलाइएको छ। त्यसपछि मध्यान्ह १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। 

कान्तिपुर

Link copied successfully