काठमाडौँ — मन्त्रिपरिषद्को बिहीबारको बैठकबाट प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएका सिद्धीविक्रम शाहलाई प्रहरी महानिरीक दीपक थापाले दर्ज्यानी चिह्न लगाएका छन् ।
शुक्रबार महानिरीक्षक थापाले एआईजी शाहलाई दर्ज्यानी प्रदान गरेका हुन् । दर्ज्यानी चिह्न प्रदानसँगै शाहलाई प्रहरी प्रधान कार्यालयको कार्य विभागमा पदस्थापना गरिएको छ । शाह गत साता एआईजीमा बढुवा सिफारिस भएका थिए ।
एआईजी लालमणि आचार्यले उमेर हदका कारण अवकाश पाएसँगै शाहको बढुवा भएको हो ।
