गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतीक : महासचिव पोखरेल

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

The symbol of the sovereignty of the republican people: General Secretary Pokharel

काठमाडौँ — एमाले महासचिव शंकर पोखरेलले जनताको बलिदानीपूर्ण संघर्ष प्राप्त भएको गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतीकका रुपमा रहेको बताएका छन् । 

आज एमालेले गणतन्त्र उत्सवको सांस्कृतिक र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले गणतन्त्र जनताको सार्वभौमसत्ताको प्रतीकका रुपमा रहेको बताए ।

सिंगो राष्ट्रको ध्यान बजेटमा केन्द्रित भइरहेका बेला जनताको विजयको उत्सवको दिनलाई पछाडि फर्काउने अवाञ्छित गतिविधि भइरहेको महासचिव पोखरेलको भनाइ थियो । कतिपय मानिसले लोकतन्त्र र गणतन्त्रले के दियो भनेर प्रश्न गरिरहेको भन्दै उनले थपे, 'पञ्चायतको अन्तिम समयमा धनी र गरिबबीचको खाडल २१ गुणा थियो तर आज आज त्यो खाडल घटेर ६ गुणामा सीमित भएको छ ।'

सभाअघि एमालेले भेषभूषा, सांस्कृतिक झाँकीसहित र्‍याली निकालेको थियो । उत्सवमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल लगायतका पार्टीका शीर्ष नेताहरु सहभागी थिए ।

कान्तिपुर

Link copied successfully