सबै दललाई एक ठाउँमा उभिन राजावादी समूहको आह्वान

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

A call by the royalist group for all parties to stand together

काठमाडौँ — राजसंस्था पुन: स्थापनका लागि भन्दै बनाइएको संयुक्त जनआन्दोलन समिति संयोजक नवराज सुवेदीले राष्ट्र, राष्ट्रियताको पक्षमा सबै नेपाली एक ठाउँ उभिनु जरुरी भएको बताएका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उनले संयुक्त जनआन्दोलन समितिले सबै विचार र संस्था अट्ने, कसैप्रति निषेध र दूरभाव नहुने गरी नवीन समझदारीको प्रस्तावना गरेको उल्लेख गरेका छन् । 

भावी सन्ततिका लागि कस्तो नेपाल छाडेर जाने भन्ने प्रश्न भएको बताउँदै विज्ञप्तिमा दलीय र समूहगत स्वार्थभन्दा माथि उठ्न आह्वान गरिएको छ । 

विज्ञप्तिमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रसमेतका राजनैतिक दललाई सबल र समुन्नत राष्ट्र तथा सार्थक प्रजातन्त्रको पक्षमा एकजुट उभिन अनुरोध समेत गरिएको छ ।

कान्तिपुर

Link copied successfully