निरंकुशतावादीहरु आजको पारदर्शीतालाई फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेका छन् : प्रधानमन्त्री ओली

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

The absolutists are trying to prove today's transparency as dirty: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्रलाई अझ उन्नत, अनुशासित र सुदृढ बनाएर मुलुकलाई प्रगतिको बाटोमा लैजानुपर्ने बताएका छन्। गणतन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। उनले निरंकुशतावादीहरुले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेको बताए।

उनले हुकुमी निगाहले जिल्ला, गाउँ र नगरका प्रमुखहरू तोक्ने प्रणालीको ठाउँमा आज जनता आफैँले मतदान गरेर, वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जात/जाति र समुदायका कम्तीमा ३६ हजार ५७ प्रतिनिधिहरू चुन्न पाउने गरेको बताए।

उनले सार्वजनिक सञ्चार प्रणालीको प्रतिबन्धका कारण निरङ्कुशतन्त्र गुपचुप हुने अपराध र भ्रष्टाचारउपर गणतन्त्रमा सार्वजनिक निगरानी र सार्वजनिक सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएको बताए। यसको लाभ लिएर निरंकुशतावादीहरुले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेको उनको भनाइ छ । राज्यका अङ्ग र अनौपचारिक क्षेत्रमा समेत जिम्मेवारीमा रहेका हामी सबैको आचरण र व्यवहारमा अझै सुधार गर्नुपर्ने बताए। 

प्रधानमन्त्री ओलीले भने, ‘हुकुमी निगाहले जिल्ला, गाउँ र नगरका प्रमुखहरू तोक्ने प्रणालीको ठाउँमा आज जनता आफैँले मतदान गरेर, वडाका सदस्यदेखि देशको राष्ट्रपतिसम्म समावेशी रूपमा विभिन्न जातजाति र समुदायका कम्तीमा ३६ हजार ५७ प्रतिनिधिहरू चुन्छन् । सार्वजनिक सञ्चार प्रणालीको प्रतिबन्धका कारण निरङ्कुशतन्त्र गुपचुप हुने अपराध र भ्रष्टाचारउपर गणतन्त्रमा सार्वजनिक निगरानी र सार्वजनिक सूचना प्रणालीले जनतालाई न्यायाधीश बनाइदिएको छ । यसको लाभ लिएर निरंकुशतावादीहरुले हिजोको अँध्यारोमा लुकेको फोहोरलाई सफा देखाएर आजको पारदर्शीतालाई फोहोर साबित गर्ने दुष्प्रयास गरिरहेका छन् ।'

प्रधानमन्त्री ओलीले राज्य यन्त्रलाई शासनबाट सेवातर्फ प्रवेश गराउने काम गणतन्त्र आएपछि सुरु भएको र त्यो अझै सम्पन्न नभएको जिकिर गरे।

कान्तिपुर

Link copied successfully