पूर्वराजा शाहलाई माधव नेपालको चुनौती : मुलुकको चिन्ता भए चुनाव जितेर आए हुन्छ

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Madhav Nepal's challenge to former king Shah: If the country is concerned, he will come by winning the election

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति लक्षित गर्दै मुलुक सञ्चालन गर्ने चाहना भए जनताको मन जित्न आग्रह गरेका छन् ।

गणतन्त्र दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गणतन्त्रको विकल्प समुन्नत गणतन्त्र नै रहेको बताएका हुन् । 

राजतन्त्र वंशको शासन भएको उल्लेख गर्दै कसैलाई मुलुक चलाउन रहर भए चुनावी प्रतिस्पर्धामा भाग लिन पनि नेपालले सुझाव दिएका छन् । 'मुलुक सञ्चालन गर्ने यदि कसैलाई चिन्ता लागेको हो भने प्रधानमन्त्री भएर आए हुन्छ । चुनावको मैदानमा उत्रिए हुन्छ । जनताको मन र विश्वास जिते हुन्छ । हामी प्रतिस्पर्धाको मैदानमा चुनौती दिन्छौँ । प्रतिस्पर्धाबाट जनताको मन र विश्वास जितेर अगाडि बढ्ने आँट गर्नुपर्‍यो ।’

अध्यक्ष नेपालले आम जनताको चाहनाबमोजिम नै यो परिवर्तन आएको बताए । परिवर्तनलाई संस्थागत र सुदृढ बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

कान्तिपुर संवाददाता

Link copied successfully