भिजिट भिसा प्रकरणबारे झलनाथ : एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन्

जेष्ठ १५, २०८२

कान्तिपुर संवाददाता

Jhalnath about the visit visa issue: They are trying to use one as a scapegoat

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले भिजिट भिसा प्रकरणमा एक जनालाई बलिको बोको बनाएर अरू चोखिन खोजेको बताएका छन् ।  १८ औं गणतन्त्र दिवसको अवसरमा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले विमानस्थलमा धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको बताएका हुन् । 

'एयरपोर्टको धन्दा कस्ता कस्ता हुँदा रैछन् । धेरैको योजनाका साथ भ्रष्टाचारको धन्दा चलिरहेको छ । एउटालाई बलिको बोको बनाएर अरू चोखिन खोज्दैछन् । यस्ता खालका कुराहरू भइराखेका छन्,' नेता खनालले भने ।

सत्तामा रहेकाहरूबाटै गणतन्त्रमाथि खतरा रहेको टिप्पणी गर्दै आम जनतामा निराशा बढेकोसमेत खनालले बताए । 

कान्तिपुर

Link copied successfully