बुटवलमा एकै परिवारका तीन जनाको हत्या

जेष्ठ १४, २०८२

सन्जु पौडेल

Three members of the same family were killed in Butwal

तिलोत्तमा — बुटवलमा तीन जनाको सामूहिक हत्या भएको छ। बुटवल उपमहानगरपालिका-११, मिलीजुलीपथमा बुधवार बिहान आमा र २ छोरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।

घटनाबारे अनुसन्धान गर्न र कसले किन हत्या गरेको भन्ने बुझ्न प्रहरी टोली घटनास्थलमा पुगेको छ। थप विवरण आउन बाँकी छ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully