काठमाडौँ — प्रमुख प्रतिपक्षी दललगायत विपक्षी दलको अवरोधका कारण रोकिएको प्रतिनिधिसभाको बैठक साढे तिन बजे सुरु हुने भएको छ ।
आज करिब दुई घण्टा ढिला गरी बैठक सुरू भएको थियो । सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । ‘भिजिट भिषा’ प्रकरणमा गृहमन्त्रीले राजीनामा गर्नुपर्ने माग प्रतिपक्षीले राख्दै आएका छन् ।
मङ्गलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी बैठक स्थगित भएको थियो । आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१/०८२ को आर्थिक सर्वेक्षण पेस गर्नेछन् । सम्भावित कार्यसूचीअनुसार, भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि दफावार छलफल गरी आजै पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
