प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो साढे १ बजेसम्मका लागि स्थगित

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

The meeting of the House of Representatives is adjourned until 1:30 pm on Thursday

काठमाडौँ — विपक्षी दलहरूको अवरोधका कारण बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक पनि स्थगित भएको छ । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर बिहीबार दिउँसो साढे १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल माओवादीसहितका विपक्षी दलले प्रतिनिधिसभामा अवरोध गरिरहेका छन् । बुधबार बिहान ११ बजेका लागि बोलाइए पनि विपक्षी दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने कुरामा अडान कायम राखेका थिए ।

मंगलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधिसभा बैठक स्थगित भएको थियो । बिहीबार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । 

कान्तिपुर

Link copied successfully