काठमाडौँ — प्रहरी प्रधान कार्यालयले राप्रपा सांसद र राजावादी आन्दोलनमा लागेका पूर्वमन्त्रीका पीएसओ फिर्ता बोलाएको छ । प्रहरीले पूर्वउपप्रधानमन्त्रीसमेत रहेका राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूको पीएसओ फिर्ता बोलाएको हो ।
राप्रपा सासंद बुद्धिमान तामाङ, राप्रपाका पूर्वअध्यक्ष एवं सासंद पशुपति शमशेर राणा, पूर्वमन्त्री एवं सासंद दीपक सिंह, पूर्वमन्त्री एवं सांसद विक्रम पाण्डे, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, पूर्व प्रहरी महानिरीक्षकसमेत रहेका राप्रपा सासंद ध्रुवबहादुर प्रधानलगायतका सबै सासंदको पीएसओ फिर्ता बोलाएको छ ।
त्यस्तै पूर्वगृहमन्त्रीसमेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाको पीएसओ पनि फिर्ता बोलाइएको छ ।
प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले थापाले हाललाई पीएसओ फिर्ता गरिएको र अहिले ब्रिफिङका क्रममा रहेको बताए । ब्रिफिङका लागि बोलाइएकालाई पीएसओलाई पुन: फर्काउनेबारे निर्णय नभइसकेको उनले बताए ।
