काठमाडौँ — प्रतिनिधिसभामा आफ्ना विषयमा उठेका प्रश्नको जवाफ दिन समय माग गरेको गृहमन्त्री रमेश लेखकले बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानमन्त्रीको सचिवालय लगायतका अधिकारीसहितको बैठकपछि लेखकले संसद्मा आफ्ना धारणा राख्न समय माग गरेको जानकारी दिए ।
बालुवाटार बैठकमा संसद् खुलाउनेबारेमा पनि छलफल भएको लेखकले बताए । त्यहाँबाट नै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई फोनमा कुराकानी गरेका थिए । संसद् खुलाउनेबारे प्रधानमन्त्रीले दाहालसँग कुराकानी गरेका हुन् ।
गृहमन्त्री लेखकले भने संसद्मा आफ्ना धारणा राख्न समय माग गरेको जानकारी दिए । ‘संसद्मा बोल्नका लागि मैले समय माग गरेको छु । संसद् अगाडि बढ्न दिने, नदिने प्रतिपक्षको कुरा भयो,’ लेखकले भने ।
विपक्षी माओवादी, रास्वपा, एकीकृत समाजवादीलगायतका राजनीतिक दलहरूको बैठक संसद् भवनमा बसिरहेको छ ।
