संसद्मा कुरा राख्न नपाए पत्रकार सम्मेलन गर्ने गृहमन्त्रीको तयारी

जेष्ठ १४, २०८२

कान्तिपुर संवाददाता

Home Minister's preparation to hold a press conference if he is unable to speak in Parliament

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले भिजिट भिषा प्रकरणमा ससंदमा कुरा राख्न नपाए पत्रकार सम्मेलन गरेर कुरा राख्ने तयारी गरेका छन् । गृहमन्त्री सचिवालय स्राेतका अनुसार गृहमन्त्री लेखकले सुरुमा संसदमा बाेल्न प्रयास गर्ने र नपाए ल्हाेत्से हलमै पत्रकार सम्मेल गर्ने तयारी गरेका छन् ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने माग गरिरहेको छ । सत्तापक्षले भने गठबन्धनविरुद्ध आक्रमणका रुपमा गृहमन्त्रीको राजीनामालाई लिएको छ । बालुवाटारमा बसेको बैठकले गृहमन्त्रीले राजीनामा गर्न नपर्ने निष्कर्ष निकालेको थियो ।

सभामुख घिमिरेले ११ बजे बोलाएको प्रतिनिधिसभा बैठक यही विवादका कारण सुरु हुन् सकेको छैन् ।

कान्तिपुर

Link copied successfully