धादिङको थाक्रे खोलाको पुल छेउमा भ्वाङ परेपछि पृथ्वी राजमार्गमा सवारी आवागमन ठप्प

जेष्ठ १३, २०८२

विमल खतिवडा

Traffic on the Prithvi Highway came to a standstill after the bridge collapsed near Thakre River in Dhading

काठमाडौँ — काठमाडौं भित्रिने मुख्य राजमार्गमध्येको एक पृथ्वी राजमार्ग केही घन्टादेखि पूर्णरुपमा अवरुद्ध भएको छ । धादिङको थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि सडक अवरुद्ध भएको हो ।

नागढुंगा मलेखु सडक योजना प्रमुख केशवप्रसाद ओझाले सडक र पुल जोडने स्थानको माटो बगेपछि भ्वाङ परेको र बिहानैदेखि सडक प्रभावित भएको बताए । उनले बिहान केहीबेर एकतर्फी बाटो खुलाइए पनि भ्वाङ बढ्दै गएपछि दिउँसोदेखि दुवैतर्फी यातायात रोकिएको बताए । 

उनले अहिले भ्वाङ पुर्ने  र वैकल्पिक बाटो खोल्ने दुवै काम एकसाथ चलिरहेको बताए । भने, ‘यातायात सुचारु हुन अझै दुईदेखि तीन घन्टा लाग्ने सम्भावना छ ।’

विमल खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully