नेपालसँगको व्यापार घाटामा सघाउन चिनियाँ निकायसँग आपूर्तिमन्त्रीको आग्रह

जेष्ठ १३, २०८२

लक्ष्मी लम्साल

The supply minister's request to the Chinese agency to help with the trade deficit with Nepal

बेइजिङ — चीन भ्रमणमा रहेका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले मंगलबार अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चीन परिषद् (सीसीपीआईटी) की उपाध्यक्ष ली छिनश्वाङसँग भेटवार्ता गरेका छन् ।

भेटमा दुई पक्षका व्यापारिक समुदायबीचको आदानप्रदानलाई सुदृढ पार्ने र दुई देशका उद्यमबीच व्यावहारिक सहयोग प्रवर्द्धन गर्ने बारेमा कुराकानी भएको थियो ।

स्थापनाको लामो समयदेखि यस संस्थाले विदेशी व्यवसायसँग सहकार्य गर्दै आएको छ भने नेपालको पूर्वाधार क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रमा चिनियाँ लगानीकर्तालाई प्रोत्साहन गर्दै आइरहेको छ । चीनमा आयोजना हुने एक्स्पोहरूमा प्रायः नेपाललाई निमन्त्रणा दिने गरेको छ ।

भेटका अवसरमा मन्त्री भण्डारीले नेपालको व्यापार घाटा कम गर्नका लागि चीनको सहयोग रहने अपेक्षा गरेको बेइजिङस्थित दूतावासले जनाएको छ । 

The supply minister's request to the Chinese agency to help with the trade deficit with Nepal

यसैबीच चीन भ्रमणका सिलसिलामा बेइजिङ आइपुगेको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको टोली मंगलबार अर्को प्रान्त कान्सुका लागि प्रस्थान गरेको नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जानकारी दिइन् । बेइजिङमा रहँदा भण्डारीले सीपीसी विदेश विभागद्वारा आयोजित मानवजातिको साझा भविष्य, समुदायको निर्माणमा दलहरूको कारबाही विषयक कार्यक्रमका साथै सीपीसी स्कुल विभागका कार्यक्रम लगायतमा सहभागिता जनाएकी थिइन् ।

भ्रमण दलमा रहेका सार्वजनिक सेवा प्रसारण (पीएसबी) का कार्यकारी अध्यक्ष महेन्द्र विष्टले मंगलबार नै चाइना मिडिया ग्रुप (सीएमजी) का प्रतिनिधिसँग भेटेर दुई देशका सरकारी मिडियाबीचमा हुन सक्ने सहकार्यबारे छलफल गरेका थिए ।

लक्ष्मी

Link copied successfully