माओवादीले हत्या गरेका सशस्त्रका महानिरीक्षक श्रेष्ठकाे सालिक अनावरण

जेष्ठ १३, २०८२

दीपेन्द्र शाक्य

The annual unveiling of Shrestha, the Inspector General of Armed Forces, who was killed by the Maoists

संखुवासभा — सशस्त्र प्रहरी बल नेपालका संस्थापक प्रहरी महानिरीक्षक कृष्णमोहन श्रेष्ठ तथा उनकी धर्मपत्नी नुडुप श्रेष्ठको स्मृतिमा संखुवासभाको चैनपुरमा सालिक अनावरण गरिएकाे छ ।

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार सालिक अनावरण गरेका हुन् । सालिक चैनपुरकाे जिराे पाेइन्टमा छ ।

महानिरीक्षक अर्यालले श्रेष्ठ सरल, शान्त र निडर स्वभावकाे भएकाे बताए । शालिक अनावरण क्रममा सशस्त्र प्रहरीकाे टाेली सम्मानस्वरूप श्रद्दाञ्जली अर्पण गरेकाे थियाे । अनावरण कार्यक्रम कृष्णमोहन नुडुप स्मृति प्रतिष्ठान चैनपुरको आयोजनामा गरिएको हो ।

चैनपुर नगरपालिकाको करिब ६ लाख लागत सहयोगमा सालिक निर्माण गरिएको हो । सशस्त्र प्रहरीका पहिलाे महानिरीक्षक श्रेष्ठको २०५९ माघ १२ मा हत्या भएकाे थियाे । उनकाे हत्याअघि तत्कालीन विद्रोही माओवादीले चैनपुरमा रहेकाे घरमा बम विस्फाेट गरेर क्षति पुर्‍याएका थिए । 

श्रेष्ठकाे नेतृत्वमा २०५८ मा सशस्त्र प्रहरी बलकाे स्थापना गरिएकाे थियाे । 

दीपेन्द्र

Link copied successfully