बुढीगण्डकी राजनीतिक समझदारी गरेर भए पनि अघि बढाऔँ : दाहाल

जेष्ठ १३, २०८२

हरिराम उप्रेती

Let's move forward even if it is through the political agreement of Budhigand: Dahal

गोरखा — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले बुढीगण्डकी आयोजनामा सर्वपक्षीय राजनीतिक समझदारी आवश्यक रहेको बताएका छन् ।

मंगलबार सहिद लखन गाउँपालिकाको नवनिर्मित गाउँपालिका भवनको उद्घाटन गर्दै दाहालले राष्ट्रिय गौरवको रूपमा रहेको बुढीगण्डकी आयोजना बन्ने र बनाइनै पर्ने बताए । ‘बुढीगण्डकी बन्छ र बनाइनै पर्छ, म प्रधानमन्त्री भएको बेला बुढीगण्डकीको सम्पर्क कार्यालय उद्घाटन गरेको थिए,’ उनले भने, ‘बुढीगण्डकीको मोडालिटी निश्चित गर्न सिंहदरबारमा यति धेरै बैठक भए, मोडालिटीको सन्दर्भमा, आर्थिक संकलन गर्ने विषयमा सम्बन्धित बैठकहरू भए।’

बुढीगण्डकी बहुआयामिक रहेको र राष्ट्रिय गौरवको आयोजना भएकाले राजनीतिक समझदारी आवश्यक रहेको उनले बताए । ‘आयोजनाबाट प्रभावितलाई धेरै पीडा छ, यो बुढीगण्डकी आयोजना अघि बढाउन लगातार पहल भइरहेको छ,’ उनले उल्लेख गरे ।

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully