राष्ट्रपतिलाई आगामी बजेटबारे ब्रिफिङ

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

Briefing the President on the upcoming budget

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी गराएका छन् ।

संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते बजेट ल्याउँदै छ ।

सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बजेटअघि आज अर्थमन्त्री पौडेलले संसद्‌मा आर्थिक सर्वेक्षण पेश गर्नेछन् ।

कान्तिपुर संवाददाता

Link copied successfully