सगरमाथा बेसक्याम ‘३’ बाट फर्केर कांग्रेस महामन्त्री शर्माले लेखे प्रधानमन्त्री ‌ओलीलाई पत्र

जेष्ठ १३, २०८२

कान्तिपुर संवाददाता

After returning from Sagarmatha Basecam '3', Congress General Minister Sharma wrote a letter to Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको पत्रमा शर्माले भरियाको जीवनबिमादेखि सडक संजाल निर्माणसम्मको काममा सरकारको ध्यानाकर्षण गराएका छन् ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले हिमाली जीवन, हिमाली पर्यटनको प्रत्यक्ष अनुभव गरेका समस्याका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बजेटमा हिमाल देख्न पाइयोस्’ भन्ने शीर्षकमा ७ बुँदे पत्र लेखेका छन् ।

सगरमाथा बेसक्यामको क्याम ३ बाट फर्केर मंगलबार जारी गरेको पत्रमा शर्माले लुक्लादेखि बेसक्याम्पसम्म र बेसक्याम्पदेखि क्याम्प ३ को नजिकसम्म पुगेर फर्कंदा आफैंले देखेको समस्या, अभाव र चुनौतीका बारेमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन् । उनले भरिया बिमा, व्यावसायिक आरोहीलाई पेन्सन, बेसक्याम्पमा संचार टावर, सगरमाथा पिकमा प्रविधिको विकास, सुरक्षा युनिट प्रबन्ध, सडक निर्माण, थुक्लामा  झोलुङ्गे पुल निर्माण माग राखेर यसैवर्ष बजेटको बन्दोबस्न गर्न आग्रह गरेका छन् । शर्माले  बेसक्याम्पबाट जलवायु परिवर्तनका सन्दर्भमा प्रधानमन्त्रीलाई पहिलो पत्र पठाएका थिए ।

राजधानी फर्केर दोस्रो पत्र लेख्दै कांग्रेस महामन्त्री शर्माले संसारको सबैभन्दा अग्लो शिखरको फेदिसम्म पुग्ने चाहनालाई मूर्तरुप दिन सडक निर्माणमा जोड दिनुपर्ने बताएका छन् । ‘विश्वव्यापी रुपमा हामीले आगामी दिनमा अझै बढाउनु छ । लगातार ५/६ दिनसम्म ट्रेकिङ रुटबाट हिँडेर पुगिने मार्ग यथावत राख्दै सल्लेरिबाट लुक्लातर्फ आएको मार्गलाई विस्तारित गर्दै, बेसक्याम्पसम्म राष्ट्रिय गौरवको सडक निर्माण गर्ने परिकल्पना र परियोजनालाई सार्थक रुप दिएर सगरमाथाको फेदीसम्म पुग्ने संसारभरका मानिसको चाहनालाई नेपाल सरकारले सम्बोधन गर्न जरुरी छ,’ शर्माले भनेका छन्,‘यसमा म प्रधानमन्त्रीज्यूको विशेष ध्यानाकर्षण गर्न चाहन्छु ।

वैशाख २० मा लुक्ला उत्रिएर ६ रात बाटोमा बसेर सगरमाथा बेसक्याम्प पुग्दासम्म मैले सयभन्दा बढी भरिया साथीहरु बाटोमा भेटें । कोही युवा हुनुन्थ्यो, कोही वृद्ध, तीमध्ये २३ जनासँग संवाद गरें । प्रायलाई एउटै प्रश्न गरें, तपाईंको बिमा गरिएको छ ? 

After returning from Sagarmatha Basecam '3', Congress General Minister Sharma wrote a letter to Prime Minister Oli

After returning from Sagarmatha Basecam '3', Congress General Minister Sharma wrote a letter to Prime Minister Oli

After returning from Sagarmatha Basecam '3', Congress General Minister Sharma wrote a letter to Prime Minister Oli

कान्तिपुर

Link copied successfully