प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति गगन थापाको टिप्पणी: आइन्दा त्यस्ता कुराहरू नदोहोरियोस्

महामन्त्री थापाले कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने भन्दै प्रधानमन्त्री स्वयंले नै उत्तेजक अभिव्यक्ति दिनु कल्पनाभन्दा बाहिरको कुरा भएको बताए

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

Gagan Thapa's comment on Prime Minister Oli's statement: Let such things not happen again

काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजक बनाउने अभिव्यक्ति दिन नहुने बताएका छन् ।

सोमबार बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीलाई आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका हुन् । प्रधानमन्त्री ओलीले शनिवार गोदावरीमा नेकपा (एमाले) वाग्मती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते राजधानी काठमाडौँलाई एमालेको नियन्त्रणमा राख्न निर्देशन दिएका थिए । उक्त अभिव्यक्तिप्रति कांग्रेस महामन्त्री थापाले आपत्ति जनाएका हुन् ।

महामन्त्री थापाले कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने भन्दै प्रधानमन्त्री स्वयंले नै उत्तेजक अभिव्यक्ति दिनु कल्पनाभन्दा बाहिरको कुरा भएको बताएका छन् ।

उनले भने, ‘हामीले त कसैलाई उत्तेजनामा ल्याउने काम गर्न पाइँदैन भने सम्माननीय प्रधानमन्त्रीले त्यस्तो भन्नुहुन्छ भन्ने कुरा कल्पना पनि गरिँदैन। त्यसैले जे जस्ता कुराहरू बाहिर सुनियो, त्यस्ता कुराहरू आइन्दा नदोहोरियोस्।’

महामन्त्री थापाले आगामी दिनमा यस्ता अभिव्यक्ति नबोल्न सचेत गराएका हुन् ।

कान्तिपुर संवाददाता

Link copied successfully