प्रशासनिक झन्झटका कुरा सुन्दासुन्दै कान बुढो भइसक्यो : प्रधानमन्त्री ओली

जेष्ठ १२, २०८२

कान्तिपुर संवाददाता

My ears have grown old listening to administrative hassles: Prime Minister Oli

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले जान्दादेखि नै प्रशासनिक झन्झट हुने गरेको सुनेको र अझै पनि अवस्था त्यस्तै रहेको बताएका छन्। सोमबार सिंहदरबारमा राष्ट्रिय पर्यटन संवादमा बोल्दै उनले यस्तो बताएका हुन्।

अरुले शासन गर्दा प्रशासनिक झमेला हुने कुरा सुन्ने गरेको तर अहिले आफूहरुले शासन गर्दा पनि यही शैली नबदलिएको भन्दै उनले असन्तुष्टि जनाए ।

प्रधानमन्त्री ओलीले प्रशासनिक काममा ढिलाइ भएको बताउँदै भने, 'एडमिनिस्ट्रिटिभ हडल भनेको कुरा पहिले पनि सुनिन्थ्यो, अहिले पनि सुनिन्छ । कन्टिन्यु सुनिन्छ । सुनिएको सुन्यै छ । यी कुरा सुन्न थाल्दा यी कान भर्खरकै थिए । कान बुढा भइसके, त्यही कुरा सुनिएको छ । परिवर्तन केही पनि छैन । योचाहिँ अत्ति भयो क्या ।' 

उनले परिवर्तन किन भएन भन्ने प्रश्न गर्दै साहसिक ढंगले काम गर्नुपर्ने र यसका लागि स्टेप लिएर रिफर्म गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले भने, 'एउटा न्यु डिपार्चर नेपाललाई चाहिएको छ । अब द्रुत गतिले सुशासन र विकासको बाटोमा अगाडि बढ्ने हो भने हामीले स्टेप लिनैपर्छ ।'

कान्तिपुर

Link copied successfully