काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक आज बस्दै छ । ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसो २:०० बजे बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट, गणतन्त्र दिवस, सरकारको काम, मुलुकको राजनीतिक परिस्थितिबारेमा छलफल हुने छ ।
