अध्यागमनको अनियमितता घटनामा मन्त्रालयको नेतृत्व जोडेर आएका समाचारमा सत्यता छैन : गृह 

जेष्ठ १०, २०८२

कान्तिपुर संवाददाता

There is no truth in the news that the leadership of the ministry has been linked to the incident of irregular immigration: Home

काठमाडौँ — गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भएका अनियमिततासम्बन्धी मन्त्रालय नेतृत्वलाई जोडर आएका समाचारमा कुनै सत्यता नभएको दाबी गरेको छ ।

मन्त्रालयका सहसचिव छवि रिजालले शनिबार विज्ञप्ति जारी गर्दै विज्ञप्तिमा विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्य-तथ्य व्यहोरा सबैको जानकारीमा आउने उल्लेख छ । ‘आयोगबाट हुने छानबिन तथा अनुसन्धानसम्वन्धी कार्यमा मन्त्रालयको पूर्ण सहयोग रहने व्यहोरासमेत जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ । 

अध्यागनम कार्यालयको घटनासँग मन्त्रालयको नेतृत्वलाई जोडेर विभिन्न पत्रपत्रिका तथा सामाजिक सञ्जालमा आएका समाचारमा कुनै आधार नभएको गृह मन्त्रालयको दाबी छ । ‘यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएकोप्रति मन्त्रालय दुःख व्यक्त गर्दछ । यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, विषयको गम्भीरतालाई मध्यनजर गरी सत्य-तथ्य विषयवस्तु मात्र प्रकाशन र प्रसारण गरिदिनु हुन सबैमा अनुरोध गर्दछौं ।'

मन्त्रालयले सबै प्रकारका अनियमितता र अपराधका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै गृह प्रशासनलाई व्यवस्थित गर्न नीतिगत तथा संस्थागत सुधारका कार्यहरूसमेत गर्दै आइरहेको उल्लेख गरिएको छ । 

There is no truth in the news that the leadership of the ministry has been linked to the incident of irregular immigration: Home

कान्तिपुर संवाददाता

Link copied successfully