२०८४ मा ०६४ को जनमतमा फर्कन्छौं : उपमहासचिव गजुरेल

जेष्ठ १०, २०८२

दीपेन्द्र शाक्य

Let's go back to the referendum of 064 in 2084: Deputy Secretary General Gajurel

काठमाडौँ — संखुवासभा माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले आगामी निर्वाचनमा २०६४ कै जनमतमा फर्किने बताएका छन् । ०८४ को निर्वाचनमा ०६४ कै जनमत हुने उनले दाबी गरे ।

शनिबार सदरमुकाम खाँदबारीमा माओवादी केन्द्रको आठौँ विस्तारित बैठकमा सम्बोधन गर्दै उनले हुलाकी राजमार्ग र मध्य पहाडी राजमार्ग अभियानमा माओवादीप्रति जनताको उत्साह रहेको बताए ।

माओवादीले हिजोको दिनमा गल्ती गरेका कारण केही सिट संख्या घटेको बताए । माओवादी केन्द्र जनताका समस्या सुन्ने र संगठन बलियो बनाउनमा केन्द्रित बनेको बताए । 

पछिल्लो राजनीतिक घटनाले माओवादीप्रति जनताको उत्साह बढेको उनको भनाइ थियो । राजनीतिमा अहिले हरेक स्थानमा चुनौती रहेको बताए । 

दीपेन्द्र शाक्य

Link copied successfully