काठमाडौँ — सोओमी टेक्नोलोजी इन्डिया प्राइभेट लिमिटेड (एमआई) को नेपाल सम्पर्क कार्यालयमा राजस्व अनुसन्धान विभागले सिल लगाएको छ ।
'हामीले अनुसन्धान गरिरहेका एक व्यक्तिले लिमिटेडसँग सम्बन्ध भएको बताएका आधारमा कार्यालय आएका थियौं,' अनुसन्धानमा खटिएका विभागका निर्देशक बद्रीकुमार कार्कीले भने, 'कम्पनीका जिम्मेवार व्यक्ति भेटिएनन्, त्यसैले सिल गरेर बाँकी अनुसन्धान गर्दै छौं ।' काठमाडौं–११, थापाथलीस्थित सेन्टर बिजनेस पार्कको तेस्रो तलामा रहेको कार्यालयमा विभागको टोली पुग्दा कार्यालय बन्द अवस्थामा थियो ।
