दाउन्नेमा मालवाहक गाडी सञ्चालनमा रोक लगाउन प्रस्ताव

जेष्ठ ७, २०८२

नारायण शर्मा

A proposal to stop the operation of freight vehicles in Downey

नवलपरासी — पूर्व-पश्चिम राजमार्गअन्तर्गत बुटवल-नारायणगढ सडकको दाउन्ने खण्डमा मालवाहक र लामा सवारी साधन सञ्चालनमा रोक लगाउन माग गर्दै सडक आयोजना निर्देशनालयले सडक विभागमा पत्राचार गरेको छ ।

बुटवल-नारायणगढ सडकखण्डको १४ किलोमिटर दाउन्ने क्षेत्रमा ढलान सडक निर्माण गर्दा बढी टिकाउ हुने भन्दै सडक आयोजना निर्देशनालयले त्यहाँ ५ सय मिटर सडक ढलान गरिसकेको छ ।

'ढलान सडक निर्माण गर्नका लागि भारतबाट आउने मालवाहक गाडी सञ्चालनमा रोक लगाउन पर्छ नत्र जाम हुने जोखिम हुन्छ,' आयोजना निर्देशनालयका प्रमुख चुडाराज ढकालले भने, 'केही समय दाउन्ने हुँदै नारायणगढतर्फ जाने लामा गाडी वैकल्पिक मार्गबाट सञ्चालन गर्न सकिए दाउन्नेमा फटाफट सडक निर्माणको काम अघि बढ्छ ।'

A proposal to stop the operation of freight vehicles in Downeyढकालले मंगलबार सडक विभाग बबरमहलमा पत्र पठाएर दाउन्ने खण्डमा मालवाहक गाडी सञ्चालनमा रोक लगाइ सडक चाँडो निर्माण गर्न अनुरोध गरेका छन् । भारतबाट आउने मालवाहक गाडी  केही महिना रक्सौल हुँदै वीरगन्जबाट आउजाउ गर्ने व्यवस्था मिलाउन उनको आग्रह छ ।

१ सय १४ किलोमिटर बुटवल-नारायणगढ सडक फराकिलो पार्न चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले ठेक्का लिएको छ । १७ अर्ब रुपैयाँमा ठेक्का सकारेको चिनियाँ कम्पनीले काम थालेको ३ वर्षमा काम सक्ने सम्झौता गरे पनि ६ वर्ष पूरा भैसक्दासमेत काम सकेको छैन । बुधबारसम्म १ सय १४ किलोमिटरमध्ये ९३ किलोमिटर सडक एकतर्फी बनेको छ । 

नारायण शर्मा शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully