प्रतिनिधिसभाको महिला समिति बैठकमा सभापति र सांसदबीच भनाभन

जेष्ठ ७, २०८२

कान्तिपुर संवाददाता

A conversation between the Speaker and MPs at the women's committee meeting of the House of Representatives

काठमाडौँ — प्रतिनिधसभाअन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा विवाद भएको छ। समिति सभापति किरणकुमार साह र माओवादी सांसद कल्पना मियाँ कुसारीबीच विवाद भएको हो।

समितिको बैठक बुधबार बिहान साढे ७ बजे नै बोलाइएको थियो । दुई वटा उपसमितिहरूले तयार पारेका प्रतिवेदनहरू समिति समक्ष पेश गर्ने कार्यसूची तय गरिएको थियो । सोही विषयमा विवाद भएको सांसदहरूले बताएका छन् ।

समिति सभापति साहले आफ्ना कमजोरी ढाकछोप गर्नका लागि बोल्न नदिएको सांसद मियाँले बताइन् । उनले सभामुख देवराज घिमिरेसँग समितिमा भएको विवादबारे जानकारी गराउन लागेको बताएकी छन् ।  

समिति सभापति साहले समय नमागिकन सांसद मियाँ बोल्न खोजेपछि विवाद भएको बताए । 'माइक नमागीकन बोल्नुभयो । समय पाउनुभएको छैन नबोल्नुस् भनेको हो,' उनले भने, 'मनगढन्ते र कपोलकल्पित कुरा गरेर हुन्न । उहाँ समितिको बैठकमा ढिलो आउनुभयो । समयमा नआइकन विषयवस्तुभन्दा बाहिरको कुरा राखेपछि हल्का विवाद भयो ।'

सभापति साह एमालेका सांसद हुन् भने मियाँ माओवादीकी सांसद हुन् । शोभा ज्ञवाली र सुशीला सिर्पाली संयोजक रहेका दुईवटा उपसमितिका प्रतिवेदन समितिलाई बुझाउनका लागि बैठक बोलाइएको थियो ।  

कान्तिपुर

Link copied successfully