काठमाडौँ — नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपालमा राजा ल्याउनै नहुने बताएका छन् । मंगलबार भक्तपुरमा आयोजित एक कार्यक्रमपछि अध्यक्ष बिजुक्छेले नेपालमा अहिले राजतन्त्र ल्याउन नहुने बताएका हुन् ।
पहिले पनि संवैधानिक राजतन्त्र नमानेकाले नै तत्कालीन राजा ज्ञानेन्द्र शाह हट्नुपरेको उनको भनाइ थियो ।
'राजा सर्वशक्तिमान छ तर यहाँको राजाले मुसा मार्न पनि सक्दैन भनेर बेलायतको संविधानमा लेख्यो तर त्यस्तो राजा त राजा पनि होइन । यहाँ पनि त्यस्तो मान्ने भए त मानिहाल्थे नि । अहिलेको राजाले त सबैलाई जेलमा हालिदियो । विरोध भएर गयो । फेरि त्यो आयो भने फेरि जान्छ । बाँकी त रहँदैन नि । यदि त्यसलाई इन्डियाले वा अमेरिकाले ल्याएको हो भने लडाइँ हुन्छ देशमा । बन्दुकबाहेक अरु उपाय त जनताले मान्दैनन्,' उनले भने ।
अध्यक्ष बिजुक्छेले अहिलेका राजनीतिक दलहरूले कार्यकर्ताहरूलाई पैसा, जग्गा बाँड्ने काम मात्रै गरेको आरोप लगाए ।
