रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण मुद्दामा सुनुवाइ जारी

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

The hearing in the case of Ravi Lamichhane's detention continues

काठमाडौँ — रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुनाइ जारी छ । मंगलबार सर्वोच्च अदालतमा न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा उक्त रिटमाथि सुनुवाइ सुरु भएको हो ।

गत वैशाख ७ गते लामिछानेका तर्फबाट पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।

यसअघि पटक-पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा राखिएको थियो । ६ पटक 'हेर्न नमिल्ने'मा परेको रिट निवेदनमा मंगलबार सातौं पटकमा सुनुवाइ सुरु भएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते पुर्पक्षका लागि थुनामा पठाउन गरेको आदेशविरुद्ध लामिछानेले सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।  उच्च अदालत तुलसीपुर, बुटवलले इजलासले जिल्ला अदालत रुपन्देहीको फैसला बदर गर्दै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । हाल लामिछाने थुनुवाका रुपमा रुपन्देही कारागारमा छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully