महानगर प्रहरी प्रमुख पाण्डेलाई सोधियो स्पष्टीकरण 

प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीमा 'ह्विल लक' गरिएको, कार्यालय प्रवेशमा अवरोध गरिएको लगायतका विषयमा स्पष्टीकरण

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

Metropolitan police chief Pandey was asked for an explanation

काठमाडौँ — काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले महानगर प्रहरी बलका वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका छन् ।

कार्यालयमा हाजिर गर्न आउँदा अवरोध गरेको विषयमा स्पष्टीकरण सोधिएको गुरागाईंले बताए । ‘म हाजिर गर्न आउँदा भएको घटनालाई लिएर उहाँमाथि स्पष्टीकरण सोधिएको हो,’ उनले भने, ‘७ दिनको लागि समय दिइएको छ ।’

महानगर प्रहरी ऐन, २०८० अनुसार नगर प्रहरी महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने व्यवस्था छ । गत पुस ७ देखि बिदामा रहेका गुरागाईं चैत २१ गते कार्यालय हाजिर गर्न जाँदा नगर प्रहरी बलका प्रमुख पाण्डेले अवरोध पुर्‍याएका थिए । 

‘कानुनमा जसको मातहत रह्यो त्यहीअनुसार गर्नुपर्ने हो,’ गुरागाईंले भने, ‘अहिलेसम्म सबै अवस्था बुझेर त्यो दिनको घटनालाई लिएर स्पष्टीकरण सोधिएको हो ।’ 

उनले प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्ने गाडीमा 'ह्विल लक' गरिएको, कार्यालय प्रवेशमा अवरोध गरिएको, जनप्रतिनिधिलाई अमर्यादित व्यवहार गरिएको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला  लगाइएको र हाजिर पुस्तिका कब्जामा लिइएको विषयमा स्पष्टीकरण सोधिएको बताए ।

कान्तिपुर

Link copied successfully