प्रतिनिधिसभा बैठक : प्रधानमन्त्री अनुपस्थित हुने भएपछि प्रश्नोत्तर कार्यक्रम हटाइयो

जेष्ठ ६, २०८२

कान्तिपुर संवाददाता

House of Representatives meeting: The question and answer program was canceled as the Prime Minister will be absent

काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा स्वास्थ्यको कारण प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुन नसक्ने भएपछि आजको कार्यसूचीमा रहेको प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम हटाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने कार्यसूची रहेको थियो । 

कान्तिपुर

Link copied successfully