काठमाडौँ — नेपाल प्रहरीका डीआईजी सिद्धिविक्रम शाह एआईजीमा बढुवा सिफारिस भएका छन् । मंगलबार बसेको बढुवा सिफारिस समितिले शाहलाई एआईजीमा सिफारिस गरेको हो । लालमणि आचार्य जेठ १० मा अवकाश पाउने भएपछि शाह बढुवा सिफारिस भएका हुन् । शाह हाल प्रहरीको विशेष ब्युरो प्रमुख हुन् ।
२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा सेवा प्रवेश गरी २०५८ मा प्रहरीमा स्थानान्तरण भएका थिए । शाह २०८१ मंसिरमा डीआईजीमा बढुवा भएका थिए ।
