काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेद्वारा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा आज ‘हेर्न नमिल्ने’ मा परेको छ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि हेर्न नमिल्ने भएपछि सुनुवाइ हुन नसकेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले जानकारी दिएका छन्।
बन्दी प्रत्यक्षीकरणको उक्त निवेदन आज पनि हेर्न नमिल्नेमा परेको थियो। अब उक्त निवेदनमाथि मंगलबार सुनुवाइ हुने भएको छ।
