सुदूरपश्चिम प्रदेश प्रमुख मियाँलाई कर्णाली प्रदेश प्रमुखको कार्यभार

जेष्ठ ५, २०८२

रञ्जना बिसी

Mian, the head of the Sudurpaschim province, has been given the responsibility of the Karnali province chief

कैलाली — कर्णाली प्रदेशको कार्यवहाक जिम्मेवारी सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले पाएका छन्। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी निजी भ्रमणमा अमेरिकामा जाने भएपछि कर्णाली प्रदेशको पनि जिम्मेवारी सुदूरपश्चिम प्रदेश प्रमुखले पाएका हुन्।

सोमबार राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले एक विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को निर्णयअनुसार कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पनि सुदूरपश्चिम प्रदेश प्रमुखलाई दिइएको जनाएका छन्। उक्त विज्ञप्तिमा सोमबारदेखि असार १३ गतेसम्म कर्णाली प्रदेश प्रमुख जोशी अमेरिका जाने उल्लेख गरिएको छ।

यो बीचमा कर्णाली प्रदेशको नीति तथा कार्यक्रम आए प्रदेश प्रमुख मियाँले नै प्रस्तुत गर्ने छन्।

Mian, the head of the Sudurpaschim province, has been given the responsibility of the Karnali province chief

रञ्जना

Link copied successfully