पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणमा जाँदै,  उच्चस्तरीय भेटवार्ता हुने

सक्रिय राजनीतिमा आउन लागेकी भण्डारी एमालेका केही नेतासहित बेइजिङ जान लागेकी हुन् 

जेष्ठ ५, २०८२

कान्तिपुर संवाददाता

Former President Bhandari is going on a visit to China, and will have a high-level meeting

काठमाडौँ — चीन सरकार र चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जेठ १० मा चीन भ्रमणमा जाने भएकी छन् । भ्रमणमा क्रममा उनले बेइजिङमा चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता गर्ने उनी निकट स्रोतले जनाएको छ ।

भण्डारीसँगै उनी निकट नेताहरु भ्रमण टोलीमा रहने उनको सचिवालयले जनाएको छ । ‘चिनियाँ सरकार, सीपीसीको निमन्त्रणमा पूर्वराष्ट्रपति चीन जान लाग्नु भएको हो । भ्रमणमा उच्चस्तरीय भेटघाट हुनेछ’ सचिवालका स्रोतको भनाइ छ, ‘भेटमा दुई देशको सम्बन्धबारे छलफल हुनेछ ।’

चिनियाँ कम्युनिस्ट पार्टीका उच्च अधिकारीसँग हुने भण्डारीको भेटवार्तामा उनी सदस्य रहेको एमालेसँग सम्बन्ध विस्तारबारे कुराकानी हुनेछ । पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन नेता तथा कार्यकर्ताबीच तीव्र भेटघाट गरिरहेकी छन् । उनी भदौमा चीन भ्रमणमा जाने तयारी भए पनि स्थगित भएको थियो ।

कान्तिपुर

Link copied successfully