काठमाडौँ — नेपाल सरकारले हिमाल बचाउने सन्देशसहित ‘सगरमाथा संवाद २०२५’ आह्वानपत्र सार्वजनिक गरेको छ । सगरमाथा संवादको अन्तिम दिन आइबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले उक्त आह्वानपत्र सार्वजनिक गरेकी हुन् ।
‘तीन दिने कार्यक्रम हामीले सफलतापूर्वक सम्पन्न गरेका छौं,’ उनले भनिन्, ‘हामीले कार्यक्रमको मुख्य थिममा आयोजना गरेको जलवायु परिवर्तन, पवर्त र मावन भविष्यमाथि महत्त्वपूर्ण बहस र छलफल सम्पन्न गरेका छौं ।’ यस संवादले जलवायु परिवर्तनले गर्दा हिमालमा बढ्दै गरेको जोखिम देखाउन सफल भएको र नेपालले उठाउन खोजेको विषय सफलतापूर्वक उठान गरेको उनको भनाइ छ ।
‘संवादमार्फत सहभागीले मानव भविष्यलाई सुरक्षित गर्ने प्रतिबद्धतामा सबै सहमति हुनुभएको छ,’ मन्त्री राणाले भनिन्, ‘यसमा सबैलाई धन्यवाद भन्न चाहन्छु ।’
शुक्रबार (जेठ २) देखि सुरु भएको यो संवाद आइतबार समापन हुँदैछ ।
यस्तो छ : आह्वानपत्र
