विपद् व्यवस्थापनमा समयमै ध्यान दिन सांसदहरूको आग्रह

जेष्ठ ४, २०८२

कान्तिपुर संवाददाता

MPs urged to give timely attention to disaster management

काठमाडौँ — प्रनिधिनिसधाको आजको शून्य समयमा सांसदहरुले जलवायु परिर्वतनको असर रोक्न नेपालले गर्ने प्रयासदेखि विपद् व्यवस्थापन र पुनःनिर्माणलाई प्राथमिकता जोड दिन आग्रह गरेका छन् ।

बैठकमा सांसद डिगबहादुर लिम्बूले मदनमार्गले मोरङ जिल्लाको ४७ किलोमिटर ओगटेको र राष्ट्रिय राजमार्ग भएको भन्दै जग्गा रोक्का भएकाले स्थानीयलाई जग्गा बेचबिखन गर्न कठिनाई भएकोप्रति सरकारको ध्यानाकर्षण गराए । 

त्यस्तै सांसद डोलप्रसाद अर्यालले देशभरी विभिन्न राजमार्ग अवरुद्ध भएर एकतर्फी मात्र यातायात सञ्चालन हुने सम्भावना देखिएकाले विपद् व्यवस्थापनका लागि सरकारले समयमै ध्यान दिनुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । 

MPs urged to give timely attention to disaster managementसांसद् दोमोदर पौडल बैरागीले पोखरा–बागलुङ सडक, फेवातालबीचमा रहेको तालबहारी मन्दिर पुनःनिर्माण अधुरो भएको र थुप्रै पर्यटकीय क्षेत्रको पुनः निर्माणमा ध्यान दिन आग्रह गरे ।

सांसद दीपक गिरीले सगरमाथा संवादले जलवायु परिर्वतनबाट बच्नका लागि केही कदम चाल्नुपर्ने जरुरी भएको र कृषि उत्पादनको क्षेत्रमा पनि जलवायु परिर्वतनले असर पारेको बताए । 

कान्तिपुर संवाददाता

Link copied successfully