रसुवा भन्सार नाकाबाट सुन बरामद

ठूलो परिमाणमा सुन बरामद भएको आशंका, भन्सार कार्यालयमा परीक्षण गरिँदै

जेष्ठ ४, २०८२

कान्तिपुर संवाददाता

Gold recovered from Rasuwa customs post

काठमाडौँ — रसुवा भन्सार नाकाबाट ठूलो परिमाणमा सुन बरामद भएको छ । चीनबाट भित्र्याउँदै गर्दा भन्सार नाकाबाट प्रहरीले सुन बरामद गरेको हो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले अहिले बरामद सुन परीक्षणको काम भइरहेको बताए । 

इकान्तिपुरसँगको कुराकानीमा प्रमुख जिल्ला अधिकारी पौडेलले भने, 'भन्सार नाकाबाट सुन बरामद भएको हो । अहिले भन्सार कार्यालयमा सुनको परीमाण परीक्षण भइरहेको छ । त्यसपछि मात्र कति हो भन्ने खुल्ला .'

कान्तिपुर

Link copied successfully