कांग्रेस संसदीय दलको बैठक बस्दै

जेष्ठ ३, २०८२

कान्तिपुर संवाददाता

Congress Parliamentary Party meeting

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संसद्‌मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटका सन्दर्भमा छलफल गर्न दलको बैठक बोलाइएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

उनका अनुसार आज दिउँसो ३ बजे संघीय संसद् भवन बानेश्वरमा बैठक बस्ने छ। बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने उनले बताए।

कान्तिपुर

Link copied successfully