काठमाडौँ — काठमाडौंमा तीनदिने सगरमाथा संवाद सुरु, राप्रपा वरिष्ठ उपाध्यक्ष मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतको आदेश, झन्डै ३ वर्षपछि रुस र युक्रेनबीच ‘फेस टु फेस’ वार्तादेखि नेपाल ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया छनोटको दोस्रो चरणमा सम्मका खबर आज चर्चामा रहे ।
नेपाल सरकारले आयोजना गरेको प्रथम संस्करणको ‘सगरमाथा संवाद’ सुरु भएको छ। काठमाडौँमा शुक्रबार ‘जेठ २’ देखि सुरु भएको सगरमाथा संवाद आइतबारसम्म सञ्चालन हुनेछ। परराष्ट्र मन्त्री आरजु राणाले ‘सगरमाथा संवाद २०२५’ को उद्घाटन सत्रको सुरुवाती दुई महत्वपूर्ण सत्र सफलतापूर्वक सम्पन्न गरिएको बताइएकी छन् ।
सगरमाथा संवाद २०२५ सुरु https://ekantipur.com/news/2025/05/16/everest-dialogue-2025-begins-14-05.html
राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रलाई थुनामुक्त गर्न आदेश दिएको हो । पछि मुद्दा चल्ने अवस्था आएमा वा थप प्रमाण बुझ्नुपर्ने भएमा बोलाउनेगरी कानुन व्यवसायीको जिम्मा लगाउने गरी मिश्रलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको हो ।
राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश https://ekantipur.com/news/2025/05/16/supreme-courts-order-to-release-rpp-senior-vice-president-ravindra-mishra-from-prison-35-10.html
उच्च अदालत पोखरामा रवि लामिछानेको निवेदन हेर्दाहेर्दैमा, आइतबारलाई पेसी तोकियो
रवि लामिछानेसहित ७ जनालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा धरौटीमा छाड्ने कास्की जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा परेको निवेदनको सुनुवाइ शुक्रबार पनि हेर्दाहेर्दैमा परेको छ । पटक-पटक पेसी सर्दै बिहीबारदेखि सुरु भएको सुनुवाइ मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द र न्यायाधीश मिलन राईको इजलासमा थियो । न्यायाधीशद्वयको इजलासले आगामी आइतबारका लागि अर्को पेसी तोकेको छ ।
उच्च अदालत पोखरामा रवि लामिछानेको निवेदन हेर्दाहेर्दैमा, आइतबारलाई पेसी तोकियो https://ekantipur.com/news/2025/05/16/while-considering-ravi-lamichhanes-petition-in-pokhara-high-court-sunday-was-fixed-51-23.html
झन्डै ३ वर्षको द्वन्द्वपछि रुस र युक्रेनबीच ‘फेस टु फेस’ वार्ता सुरु भएको छ । तुर्कियेको राजधानी इस्तानबुलमा रुस र युक्रेनका अधिकारीहरू शान्ति वार्तामा बसेका हुन् । बीबीसीका अनुसार वार्ता सुरु हुनुअघि दुई देशका अधिकारीहरूले हात भने मिलाएनन् । तर पनि लामो संघर्ष र मानवीय क्षतिपछि दुई देशका अधिकारीबीचको सीधा वार्ताले ‘ब्रेकथ्रु’ हुन सक्ने आकलन गरिएको छ ।
झन्डै ३ वर्षपछि रुस र युक्रेनबीच फेस टु फेस वार्ता https://ekantipur.com/world/2025/05/16/after-almost-3-years-face-to-face-talks-between-russia-and-ukraine-00-03.html
हङकङ र बहराइनबीचको खेल वर्षाले रद्द भएपछि नेपाल महिला ट्वान्टी–२० क्रिकेट विश्वकपको एसिया छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ । थाइल्यान्डको बैंककमा पानी परेपछि खेल नै सुरु नभई हङकङ र बहराइनबीचको खेल रद्द हुँदा नेपाल भाग्यमानी सावित भएको हो ।
नेपाल ट्वान्टी-२० क्रिकेट विश्वकपको एसिया छनोटको दोस्रो चरणमा https://ekantipur.com/sports/2025/05/16/nepal-in-the-second-round-of-asia-qualifiers-of-twenty20-cricket-world-cup-39-23.html
