मोबाइलको बत्ती बालेर विद्यालय शिक्षा विधेयकमाथि उपसमितिमा छलफल

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

Subcommittee discussion on school education bill with mobile lights on

काठमाडौँ — अघोषित लोडसेडिङका कारण शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमिति बैठक मोबाइलको बत्ती बालेर सञ्चालन गरिएको छ । 

देशको मुख्य प्रशासनिक अड्डा रहेको सिंहदरबारमै शुक्रबार बिजुली आउने-जाने समस्या कारण विद्यालय शिक्षा विधेयकमाथिको उपसमितिको छलफल मोबाइल बत्ती बालेर सञ्चालन  गरिएको हो । बैठकमा सहभागी रास्वपा सांसद सुमना श्रेष्ठको सचिवालयले 'फोनको बत्तीमा शिक्षाको उपसमिति अहिले !' भनेर फेसबुकमा पोस्ट गरेको छ ।

काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बिहीबारदेखि नै बिजुली घरीघरी आउने जाने भइरहेको छ । अघोषित लोडसेडिङका कारण आजित नागरिकले प्रधानमन्त्री केपी शर्मा ओली, ऊर्जामन्त्री दीपक खड्का, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको चर्को आलोचना गरिरहेका छन् । 

कान्तिपुर

Link copied successfully