काठमाडौँ — तीव्र बेगका साथ आएको हावाहुरीका कारण अपराह्न ५ बजेपछि काठमाडौं, भैरहवासहितका विमानस्थलमा विमान उडान र अवतरणमा समस्या भएको छ ।
जहाज अवतरणका निम्ति हावाको गति सामान्यत: १० नटिकल माइल प्रतिघण्टा हुनुपर्छ । तर अहिले विमानस्थलमा हावाको गति २७ नटिकल माइल पुगेको छ । जसका कारण जहाजलाई तीव्र वेगको हावाले धकेल्ने र अवतरणमा समस्या हुने गर्छ ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार तीव्र हावाको गतिका कारण जहाज उडान र अवतरणमा आंशिक प्रभाव परेको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले साना जहाज केही होल्डमा र केही डाइभर्ट भएको बताए । 'केही अन्तर्राष्ट्रिय उडान होल्ड र केही डाइभर्ट भएका छन्,' उनले भने ।
