प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

जेष्ठ २, २०८२

रासस

Prime Minister Oli hosted a dinner in honor of the guest of Everest Dialogue

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबारदेखि सुरू भएको सगरमाथा संवादका अतिथिहरूको स्वागत तथा सम्मानमा रात्रिभोज आयोजना गरेका छन् ।

समारोहमा प्रधानमन्त्री ओलीले अतिथिहरूलाई स्वागत गरेका थिए । समारोहमा नेपाल सरकारका उपप्रधानमन्त्री, मन्त्री, विशिष्ट श्रेणीका कर्मचारीलगायत थिए भने विभिन्न देशबाट पाल्नुभएका मन्त्री, नीति निर्माता, विज्ञलगायत थिए । 

संवादमा तीन दर्जन बढी मुलुकका एक सय ७५ विदेशी पाहुना सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । संवादको उद्घाटन समारोह भव्यताका साथ सम्पन्न भइ पूर्ण सत्र र समानान्तर सत्र सञ्चालन भएका थिए । सगरमाथा संवाद तीन दिनसम्म चल्नेछ ।

रासस

Link copied successfully