कांग्रेस संसदीय दलको बैठक शनिबार बस्ने

जेष्ठ २, २०८२

कान्तिपुर संवाददाता

Congress Parliamentary Party meeting will be held on Saturday

काठमाडौँ — सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक शनिबार दिउँसो ३ बजे बस्ने भएको छ । संसद्‌मा छलफलको क्रममा रहेका विधेयक र आगामी वर्षको बजेटका सन्दर्भमा दलको बैठक बोलाइएको प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिए।

उनका अनुसार शनिबार दिउँसो ३ बजे संघीय संसद् भवन बानेश्वरमा बस्ने गरी दलको बैठक आह्वान गरिएको छ।      

बैठकमा आगामी आर्थिक वर्षको बजेटबारे छलफलका साथै समसामयिक विषयमा विचार–विमर्श हुने उनले बताए। 

कान्तिपुर

Link copied successfully