कांग्रेस सांसद बस्नेत निलम्बनबारे संसद्लाई जानकारी

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

Parliament informed about the suspension of Congress MP Basnet

काठमाडौँ — कांग्रेसका सांसद मोहनबहादुर बस्नेत सांसदबाट निलम्बन भएको जानकारी प्रतिनिधिसभालाई जानकारी गराइएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले बस्नेत सांसदबाट निलम्बन भएको पत्र पढेर सुनाएका हुन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्रीसमेत रहेका बस्नेतविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनी भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बनमा परेका हुन् । 

टेरामक्स खरिद गर्दा अनियमितता तथा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध बिहीबार नै विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले उनीहरूमाथि तीन खर्ब २१ करोड भन्दा बढी रुपैयाँ बिगो माग दाबी गरेको छ ।

बस्नेत सिन्धुपाल्चोक २ बाट निर्वाचित सांसद हुन् ।

कान्तिपुर

Link copied successfully