प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

The House of Representatives will discuss the budget for 18 hours

काठमाडौँ — प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (प्रिबजेट)माथि करिब १८ घण्टा छलफल हुने भएको छ। आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्ताव बाहेक) आजदेखि प्रतिनिधिसभामा छलफल प्रारम्भ भएको हो।

सभामुख देवराज घिमिरेको अध्यक्षतामा आज बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले समयसीमा निर्धारण गरेको हो। कार्य तालिकाअनुसार आज चार घण्टा, बुधबार पाँच घण्टा, आगामी जेठ १ गते चार घण्टा तथा जेठ २ गते पाँच घण्टा छलफल हुनेछ।

दलीय आधारमा समयसीमा निर्धारण गरिएको छ। नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पाँच–पाँच घण्टा, नेकपा (माओवादी केन्द्र)ले दुई घण्टा, राष्ट्रिय स्वतन्त्र पार्टीले ८२ मिनेट, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५० मिनेट, नेकपा (एकीकृत समाजवादी)ले ४० मिनेट, जनता समाजवादी पार्टीले २८ मिनेट, जनमत पार्टीले २४ मिनेट, जनता समाजवादी पार्टी नेपालले १६ मिनेट, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले १६ मिनेट, नागरिक उन्मुक्ति पार्टीले १६ मिनेट तथा नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, आम जनता पार्टी र स्वतन्त्र सांसदले समान पाँच–पाँच मिनेट समय पाएका छन्।

कान्तिपुर

Link copied successfully