प्रधानमन्त्रीसँग अन्तर–संसदीय सम्मेलनका सहभागीको भेट

वैशाख ३०, २०८२

कान्तिपुर संवाददाता

Meeting of the participants of the Inter-Parliamentary Conference with the Prime Minister

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर–संसदीय सभामुख सम्मेलन’ (आईएससी) का सहभागीले आज भेटवार्ता गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुभव आदानप्रदान गरिएको थियो। सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा (आइएससी) सँग मिलेर काम गर्न नेपाल सरकार तत्पर रहेको बताए।

भेटमा मलेसियाली सांसदहरू दातुक विरा, डा. मोहम्मद हट्टा बिन एमडी रामली, रोड्जिया बिन्ती इस्माइल र सांसद दातुक ल्यारी सङ वेइ शियन, साथै जापानका (आइएससी) का सल्लाहकार मासाइची होरीलगायत अन्य सहभागी रहेका थिए।

यसैगरी, नेपाली प्रतिनिधिका रूपमा (आइएससी) का नवनियुक्त महासचिव एकनाथ ढकाल, नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सचेतक सुनिता बराल र प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल सहभागी थिए।

कान्तिपुर संवाददाता

Link copied successfully